नेपाली बजारमा आज सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ । योसँगै आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने आज स्थिर छ । बिहीबार १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।