पूर्वमन्त्री अफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदै

पूर्वमन्त्री अफताब आलमविरुद्धको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी ‘हेर्दाहेर्दै’मा रहेको मुद्दाको सुनुवाइ आज हुँदैछ । 

सुनुवाइका लागि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ । 

तर, यसअघि पटक पेसी तोकिए पनि एक पटक पनि सुनुवाइ भएकै छैन । मुद्दा सात पटक स्थगित, पाँच पटक हेर्न नमिल्ने र चार पटक हेर्न नभ्याइने भनिएको छ ।

जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगञ्जले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए । 

उनीमाथि २७ चैत २०६४ मा आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले भारतबाट मान्छे बोलाएर बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्यूँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोग छ । 





  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार ११:१६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया