स्वयम्भूलाई हराउँदै आरसी-३२ ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा

सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत आज सम्पन्न खेलमा आरसी–३२ फुटबल एकेडेमी विजयी भएको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा ऊ स्वयम्भू​ क्लबविरुद्ध ३–२ ले विजयी भएको हो ।  यो जितसँगै ऊ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

एन्फा कप्लेक्स सातदोबाटोमा भएको खेलमा आरसी–३२ को जितमा किश्मत लिम्बू, रोहन कार्की र विवेक सन्तोषीले एक–एक गोल गरे । स्वयम्भूका पाल्साङ लामा र शाहील अधिकारीले एक–एक गोल फर्काए ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्वयम्भू स्तब्ध बन्न पुग्यो । खेलको दोस्रो मिनेटमै पाल्साङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा कश्मितले आरसी–३२ लाई १–१ को बराबरीमा ल्याए । १५ औं मिनेटमा रोहनले फ्रिककमार्फत उत्कृष्ट गोल गर्दा टोली ३–१ ले अघि बढ्यो ।

२० औं मिनेटमा विवेकले आरसी–३२ लाई ३–१ को अग्रता दिलाए । ४९ औं मिनेटमा शाहिलले गोल गर्दै स्वयम्भूलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्यापत नबन्दा आरसी–३२ ले ३–२ को रोमाञ्चक जित निकाल्यो ।  

जितसँगै आरसी–३२ ले तीन खेलमा नौ अंक जोड्दा पराजित स्वयम्भूको समान खेलबाट एक अंक छ । 





  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार १४:१४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया