पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा  फेरि ‘हेर्दाहेर्दै’मा
फाइल तस्वीर

कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा  फेरि ‘हेर्दाहेर्दै’मा राखिएको छ।  सुनुवाइ  नसकिएपछि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेकाे हाे ।

आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियाेग लागेकाे छ ।

उनले जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगन्जले सदर गरेपछि त्यसविरुद्ध सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए । 

२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।





  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार १५:८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया