जिम्बाबे ‘ए’सँगको एकदिवसीय श्रृंखलाको लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपाल र जिम्बाबे ‘ए’ बीच हुने तीन खेलको श्रृंखला भोलिबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । एकदिवसीय श्रृंखलापछि पनि यी दुईले तीन खेलको टी–२० श्रृंखला पनि खेल्नेछन् ।
एकदिवसीय श्रृंखलाका लागि घोषणा भएको नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, राहितकुमार पौडेल, देव खनाल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमाल, सुशन भारी र आदिल अन्सारी
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।