पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुई जनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेदवारी दिएका थिए । तर, पार्टीले दिएको निर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेदवारी फिर्ता लिएको उनीहरुले बताएका छन्
तिवारी र सापकोटाले उम्मेदवारी फिर्ता लिए पनि बागी विमल कार्कीले भने फिर्ता लिएका छैनन् । उनी पनि कांग्रेसकै नेता हुन् । अहिले गठबन्धनबाट वडाका उम्मेदवारले समेत फिर्ता लिइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।