माधव नेपालको दाबी : नेकपाको विरासत एकीकृत समाजवादीले बोकेको छ

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको विरासत आफ्नो पार्टीले बोकेको दाबी गरेका छन् । 

पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले नेकपाको विरासत एकीकृत समाजवादीले बोकेको दाबी गरेका हुन् । एमाले बिग्रिएपछि एकीकृत समाजवादी जन्मिएको र यसैले नेकपाको विरासत बोकेको अध्यक्ष नेपालको भनाइ छ । 

कम्युनिष्ट आन्दोलनको रक्षा गर्न एकीकृत समाजवादी जन्मिएको बताउँदै उनले कम्युनिष्ट सिद्धान्तको रक्षा गर्न, आन्दोलनलाई जोगाउन र क्रान्तिकारी भावनालाई जोगाउन एकीकृत समाजवादी पार्टी गठन गरिएको जिकिर गरे । 

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको अध्यक्ष नेपालको दाबी छ । 
 





  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार १७:८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया