शृंखला जित्ने लक्ष्यसहित मैदान उत्रिन्छौँ : सन्दीप लामिछाने
फाइल तस्वीर

नेपालले विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमण अघि नेपालले शनिबारबाट जिम्बाब्वेको ए टोलीसँग तीन एक दिवसीय र तीन ट्वान्टी–२० शृंखला खेल्दै छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने शृंखलामा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिने नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले बताएका छन् । बिहीबार खेल अघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले घरेलु मैदानमा हुने शृंखलामा सुखद नतिजाका लागि खेल्ने बताएका हुन्  ।

नेपालमा आयोजना हुन लागेको शृंखलाका लागि जिम्बाब्वेको टोली नेपाल आइसकेको छ भने नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । प्रशिक्षक पुबुदु दाशानायकेले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीले प्रतिस्पर्धा गर्न लागेको शृंखला अमेरिका टुर अघि अवसर भएको र गुणस्तरीय क्रिकेट खेल्ने मौका भएको बताए ।

यस्तै, नेपाल भ्रमणका गरेका जिम्बाब्वे टोलीका प्रशिक्षका डौग्लास होन्डुले युवा टोली समेटेर शृंखलामा आएको भन्दै राम्रो नतिजाका लागि खेल्ने बताए । नेपाल भ्रमणका आएका खेलाडी राष्ट्रिय टोलीमा प्रतिस्पर्धा गर्ने भन्दै उदाउँदै गरेको नेपालसँग खेल्न पाउँदा खुसी लागेको जिब्बाब्वेका प्रशिक्षक डोग्लास होन्डुले बताए ।

प्रशिक्षक होन्डुले भने जस्तै जिम्बावे कप्तान टोनी मुनियोङ्गाले नेपाली टोलीसँग घरेलु मैदानमा खेल्दा नयाँ अनुभव हुने प्रतिक्रिया दिए । युवा टोली भएका नेपालसँग राम्रो गर्ने विश्वास ब्यक्त गरे ।

शृंखला बैशाख १७ गते बाट हुँदै छ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ । एक दिवसीय शृंखला बैशाख १७ देखि २१ सम्म चल्ने छ भने ट्वान्टी–२० बैशाख २३ देखि २६ सम्म सञ्चालन हुने तालिका रहेको छ ।





  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार २१:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया