जिम्बाब्वे ‘ए’ विरुद्ध खेल्दै नेपाल, तीन वर्षअघिको बदला लिने मौका

नेपालले आज जिब्बाब्वे ‘ए’ सँगको एकदिवसिय सिरिजअन्तर्गत पहिलो खेल खेल्दैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । 

नेपालले आइसिसी विश्वकप लिग–२ को तयारी स्वरूप जिब्बाब्वे ‘ए’ सँग तीन खेलको सिरिज खेल्न लागेको हो । अन्तर्राष्ट्रिय मान्यता नहुँदा यो सिरिजलाई अभ्यास खेल मात्र मानिनेछ । 

नेपाल घरेलु मैदान, समर्थकको फाइदा उठाएर पछिल्लो लयलाई निरन्तरता दिँदै टेस्ट राष्ट्र  जिब्बाब्वेको ‘ए’ टोलीलाई हराउने सोचमा छ । नेपाललाई सिनियर टोलीबाट खेलिसकेका ८ खेलाडी सम्मिलित जिब्बाब्वेलाई हराउन सहज भने हुने छैन । 

जिब्बाब्वे पनि नेपाललाई घरेलु समर्थकसामु स्तब्ध पार्न चाहन्छ । नेपालले तीन वर्षअघि सिंगापुरमा जिब्बाब्वेविरुद्ध खेलेको थियो । सो त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गतको दुवै खेलमा नेपाल पराजित भएको थियो ।  





  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार ७:४०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया