सलाहलाई ‘एफडब्लुए फुटबलर अफ द इयर’ अवार्ड

इंग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाहले ‘एफडब्लुए फुटबलर अफ द इयर’ अवार्ड जितेका छन् । सलाहले म्यानचेस्टर सिटीका केभिन डि ब्रुएना र डिक्लन राइसलाई पछि पार्दै फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘फुटबलर अफ द इयर’ अवार्ड जितेका हुन् ।

एसोसिएसनले हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आइरहेको छ । सलाहले दोस्रोपटक ‘एफडब्लुए फुटबलर अफ द इयर’ अवार्ड जितेका हुन् । यसअघि उनले सन् २०१८ पनि यो अवार्ड जितेका थिए । 

२९ वर्षीय सलाहले यो सिजन ३१ प्रिमियर लिग खेलमा २२ गोल गर्नुका साथै १३ गोलका लागि अवसर सिर्जना गरेका छन् । त्यस्तै, महिलातर्फ यो अवार्ड इंग्लिस क्लब चेल्सीकी अस्ट्रेलियन फरवार्ड साम केरले हात परेकी छन् ।

उनले आर्सनलकी भिभिएनी मिडेमा र म्यानचेस्टर सिटीकी लोउरेन हेम्पलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।





  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार ८:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया