४५ संघसंस्थाले भने– केशव स्थापितलाई कारवाही गर्नू, मेयरको उम्मेदवारी रद्द गर्नू

नेकपा एमालेबाट काठमाडौं मेयरका उम्मेदवार भएका केशव स्थापितलाई कारवाही गर्न मानवअधिकार संघसंस्थाहरुले माग गरेका छन् । मिटूको आरोपबारे प्रश्न गर्दा उनले सार्वजनिक कार्यक्रममा आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

त्यसैलाई आधार बनाएर ४५ संघसंस्थाले उनीमाथि कारवाही गर्न माग गरेका हुन् । 

यी संघसंस्थाले सार्वजनिक स्थानमा नै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गरेकाले पार्टीले तत्काल कारवाही गर्नु पर्ने माग गरेका हुन् । उनको मेयरको उम्मेदवारीसमेत रद्द गर्नु पर्ने माग उनीहरुको छ ।

यसअघि २०५४ सालमा मेयर हुँदा उनले काठमाडौं महानगरपालिकाकै कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप लागेको छ । यो आरेपबारे प्रश्न गर्दा स्थापितले बारम्बार उत्तेजक जवाफ दिँदै आएका छन् ।





  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार ८:५३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया