रूवीना र सीता क्रिकेट प्रतियाेगिताका लागि युएई जाँदै

नेपाल क्रिकेट संघ (क्यान) ले  नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासे र उपकप्तान सीता रानामगरलाई बिदाई गरेको छ ।

युएईमा हुने फेयर ब्रेक इन्भिटेसनल टि-२० क्रिकेट प्रतियोगिता खेल्न जान लागेका उनीहरूलाई आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक कार्यक्रमकाबीच बिदाई गरिएकाे हाे ।

रुविना र सीता आज दिउँसो पाैने चार बजेकाे फ्लाइटमार्फत युएई प्रस्थान गर्नेछन् ।

रुविनाले द बर्मी आर्मी र सीताले द टोर्नडोसबाट खेल्नेछन् । प्रतियोगितामा ६ टोलीकाे सहभागीता रहनेछ ।

रुविनाले इंग्ल्यान्डकी हेदर नाइट र सीताले वेस्ट इण्डिजकी जस्टेफनी टेलरको कप्तानीमा खेल्नेछन् ।

 मे ४ देखि १५ सम्म दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा प्रतियाेगितामा कुल १९ खेल हुनेछन् ।





  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार ११:१०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया