वर्षाका कारण नेपाल र जिम्बाब्वेबीचकाे खेल स्थगित

नेपाल र जिम्बाब्वे एबीचकाे पहिलाे एकदिवसीय खेल स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबारका लागि तय भएकाे खेल निरन्तर वर्षाका कारण स्थगित भएको हो ।

तीन खेलकाे सिरिज अन्तर्गतको पहिलाे खेल लगातार वर्षाका कारण टस समेत हुन नपाई स्थगित भयाे ।

म्याच रेफ्री सत्यजित सरकार र अम्पायर विनय कुमार झाको टोलीले मैदान निरीक्षण गर्दै आजको खेल स्थगित भएको जानकारी दिएका हुन् । 

नेपाल क्रिकेट संघ (क्यान) ले  याे खेल आइतबार हुने जानकारी दिएकाे छ ।
 





  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार ११:४७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया