पोखराका 'अटेरी' उम्मेदवार गनेस पौडेललाई पनि लौरो चुनाव चिह्न
फाइल तस्बिर

कास्कीको पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले लौरो चुनाव चिह्न पाएका छन् । 

पोखराका पौडेललाई निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनाव चिह्न दिएको हो । पौडेलले आफूलाई अटेरी उम्मेदवारका रूपमा प्रस्तुत गर्ने गरेका थिए ।

त्यस्तै, निर्वाचन अधिकृतको कार्यालयले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाहलाई पनि लौरो चुनाव चिह्न दिएको थियो । 

शनिबार देशभर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न वितरण गरिरहेको छ । यही ११ र १२ वैशाखमा उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिरहेको निर्वाचन आयोगले जनाएको छ ।

७५३ स्थानीय तहमा कूल ३५ हजार २२१ जनप्रतिनिधिका लागि ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ ।






  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार १३:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया