महेन्द्र सिंह धोनी चेन्नई सुपर किंग्सको कप्तानमा नियुक्त भएका छन्। चेन्नई इन्डियन प्रिमियर लिग (आइपिएल)को साविक विजेता टोली हो ।
चेन्नईले शनिबार साँझ सामाजिक सञ्जालमार्फत् धोनीलाई कप्तान बनाइएको घोषणा गरेको छ। चेन्नईको अर्को खेल आइतबार साँझ पुणेमा सनराइजर्स हैदरावादसँग हुनेछ।
यो सिजन सुरु हुनुअघि धोनीबाट जडेजालाई कप्तानी हस्तान्तरण गरिएको थियो। जडेजाको कप्तानीमा चारपटकको उपाधि विजेता चेन्नईले आठ खेलमध्ये दुई खेल मात्र जितेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।