रियललाई चार खेलअगावै ला लिगाको उपाधि

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ । गएरातिको खेलमा स्पानियोललाई ४–० ले हराउँदै रियलले उपाधि उचालेको हो । उसले चार खेलअगावै ३५ औं ला लिगा उपाधि जित्यो ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियललाई जित दिलाउन रोड्रिगोले दुई तथा मार्को एसेन्सियो र करिम बेन्जेमाले एक/एक गोल गरे ।

३३ औं मिनेटमा रोड्रिगोले रियललाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

५५ औं मिनेटमा एसेन्सियोले गोल गर्दै घरेलु टोलीलाई ३–० ले अघि बढाए । ८१ औं मिनेटमा बेन्जिमाले गोल गरेपछि रियलले ४–० को  सहज जित निकाल्यो ।

योसँगै रियलले ३४ खेलमा ८१ अंक जोडेको छ । पराजित स्पानियोल ३४ खेलबाट ३९ अंकका साथ १४ औं स्थानमा छ ।





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार ६:४१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया