संसदभित्रै अश्लील सामग्री हेर्ने बेलायती सांसद भन्छन्– भूलबस मोबाइलमा खुलेको हुन सक्छ

सांसद निल पेरिशले भूलबश आफ्नो मोबाइलमा पोर्न भिडियो खुलेको हुनसक्ने बताएका छन् । यही साता उनी संसद् भवनभित्र मोबाइलमा अश्लील सामग्री हेरेको अवस्थामा भेटिएका थिए । सो घटनापछि पेरिश कन्जरभेटिभको संसदीय दलबाट निलम्बनमा परेका छन् । 

हाउस अफ कमन्सको वैठकमा उनले अश्लील सामग्री हेरेको दुई महिला सांसदहरूले आरोप लगाउँदै आएका छन् । उनले आफूहरू नजिकै बसेर त्यस्तो सामग्री हेरेको महिला सांसदको गुनासो छ ।   

यस विषयमा अनुसन्धान सुरु गरिएको छ । फैसला नआएसम्म उनले सांसद र वातावरण चयन समितिको अध्यक्षबाट राजीनामा दिन अस्वीकार गरेका छन् । तर, छानबिनमा दोषी पाइएमा राजीनामा दिने उनले बताएका छन् ।

शुक्रबार, पेरिशले आफूलाई संसदको मापदण्ड आयुक्त क्याथरिन स्टोनलाई त्यसबारे आफैँ जानकारी गराएपछि उनको पार्टीबाट निलम्बन गरिएको थियो । ‘नि:सन्देह यो लाजमर्दो छ । यो मेरी श्रीमती र परिवारको लागि लाजमर्दो छ ।  यो अहिलेको मेरो मुख्य चिन्ता हो । मसँग सहयोगी श्रीमती छिन् र उनलाई  धन्यवाद दिन्छु’, पेरिशले भने ।
 





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार ७:२२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया