एन्सेलोटी बने युरोपियन शीर्ष पाँच लिग उपाधि जित्ने पहिलो प्रशिक्षक

स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी युरोपको शीर्ष पाँच लिग उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।

गएराति रियललाई स्पेनिस ला लिगाको उपाधि दिलाएसँगै एन्सेलोटी पाँच युरोपियन लिग जित्ने पहिलो प्रशिक्षक बनेका हुन् ।

एन्सेलोटीले यसअघि आफ्नो प्रशिक्षणमा इंग्लिस प्रिमियर लिग, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेस लिगा र फ्रेन्च लिग वानको उपाधि जिताइसकेका छन् ।

एन्सेलोटी चेल्सीबाट प्रिमियर लिग तथा एसी मिलानबाट सिरी ‘ए’ उपाधि जितेका थिए । यस्तै, उनले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट लिग वान र बायर्न म्युनिखबाट बुन्डेस लिगा उपाधि जिताएका छन् । 





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार ९:१५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया