जनकपुरधाम–५ मा कांग्रेसबाट एक महिला वडा सदस्यमा निर्विरोध

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएकी एक महिला निर्विरोध निर्वाचित भएकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका–५ मा कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी रिपुकुमारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । 

रिपुले दलित महिला सदस्य पदका लागि उम्मेदवारी दिएकोमा सो पदमा उनको एकल उम्मेदवारी परेको थियो । जसकारण उनलाई स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित गरिएको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए । 





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार ९:२४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया