ला लिगामा एथलेटिक क्लबविरुद्ध एट्लेटिको मड्रिड २–० पराजित

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड पराजित भएको छ । सान मामेस ब्यारिया स्टेडियममा गएराति भएको खेलमा ऊ घरेलु टोली एथलेटिक क्लब बिल्वाओसँग २–० ले पराजित भएको हो । 

खेलको आठौं मिनेटमा एट्लेटिकोका मारियो हर्मोसोले आत्मघाती गोल गरेपछि एथलेटिकले अग्रता लिएको थियो । ५६ औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै घरेलु टोलीलाई २–० को जित दिलाए । 

जितसँगै एथलेटिक ३४ खेलमा ५१ अंक जोडेर आठौं स्थानमा रहँदा पराजित एट्लेटिको समान खेलबाट ६१ अंकका साथ चौथो स्थानमा छ ।





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार ९:२८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया