इक्वेडरमा अपराध नियन्त्रण गर्न संकटकाल घोषणा

बढ्दो अपराधका कारण इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले पश्चिमी तीन प्रान्तमा संकटकाल घोषणा गरेका छन् । गुयास, मनाबी र एस्मेराल्डासमा संकटकाल घोषणा गरिएको हो । 

शान्ति र व्यवस्था लागू गर्न ती प्रान्तमा कर्फ्यू लगाइने र हजारौं सुरक्षाकर्मी परिचालन गरिने भएको छ । इक्वेडरमा हत्या र गिरोहसँग सम्बन्धित अपराधमा तीव्र वृद्धि भएको छ । 

राष्ट्रपति लासोले गत वर्ष पदभार ग्रहण गरेपछि हिंसा रोक्न आपतकालीन शक्ति प्रयोग गरेको यो दोस्रो पटक हो । सडकमा ठूलो संख्यामा सुरक्षा फौज परिचालन गरिने लासोले बताएका छन् । 

४ हजार प्रहरी अधिकारी र इक्वेडरको सशस्त्र बलबाट ५ हजार सैनिक तीनै प्रान्तमा तैनाथ गरिने उनले बताए । निश्चित क्षेत्रमा कर्फ्यू लगाइने भएको छ । 

‘समाज निश्कृय बनाइने छैन,’ उनले ट्विट गरेका छन्, ‘आपराधिक गिरोहहरू सामू शान्तिलाई कहिल्यै बलिदान दिइने छैन । ’   





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार ११:२७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया