उम्मेवदारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
फाइल फाेटाे

पाँच दलीय गठबन्धनले उम्मेदवारी फिर्ता नलिएका र फिर्ता लिने समय अपुग भएका स्थानीय तहमा गठबन्धन दलहरूबीच भएको समझदारीअनुसार तालमेल गर्न आ–आफ्ना दलले मातहतका निकायहरूलाई निर्देशन दिने निर्णय गरेको छ । 

दलका आधिकारिक र स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन चिह्न पाएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको गठबन्धन दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आइतबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

ठाउँठाउँमा गठबन्धनका केही दलले तालमेलको समझदारीविपरीत उम्मेदवारी दर्ता गराए पनि फिर्ता लिएनन् । उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धन दलहरूबीच केही ठाउँमा तालमेलको विषय पेचिलो बनेको छ । 

यस्तै, बैठकले गठबन्धनको मर्म र भावनाअनरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने पनि बैठकको निर्णय छ ।   





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार १३:१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया