टी-२० सिरजकाे पहिलाे खेलमा नेपाल जिम्बाब्वे 'ए'सँग पराजित

टी-२० सिरिजकाे पहिलाे खेलमा घरेलु टाेली नेपालले जिम्बाब्वे 'ए'सँग पराजित भएकाे छ ।

नेपाल आज सम्पन्न खेलमा ६ विकेटले पराजित हुन पुगेकाे हाे । १८२ रनकाे लक्ष्य जिम्बाब्वे 'ए' ले १८.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्याे ।

जिम्बाब्वेका लागि टान्डीवान्से मरूमनी र कप्तान टाेनी मुन्याेङ्गाले अर्धशतकीय पारी खेले । मरूमनीले ४१ बलमा समान तीन चाैका र छक्कासहित ५४ रन जाेडे ।

२३ बलकाे सामना गरेका मुन्याेङ्गाले सात चाैकासहित ५० रन बनाए । इनाेसेन्ट कायाले ४७ रन जाेडे ।

नेपालका लागि बसिर अहमदले दुई तथा सन्दीप लामिछाने र करण केसीले एक/एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८१ रन बनाएकाे थियाे ।



नेपालका लागि आदिल अन्सारीले  अविजित ४७ रनकाे याेगदान दिए । २७ बलकाे सामना गरेका उनले  चार चाैका र तीन छक्का प्रहार गरे ।

कुशल भुर्तेलले ४६, राेहितकुमार पाैडेलले ३६ र दिपेन्द्रसिंह ऐरीले २८ रन बनाए ।



जिम्बाब्वे ए का लागि ब्रराड इभन्स, लुक जाेन्वे, ब्रेन्डन माभुटा र जाेन मसराले एक/एक विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयाे ।

सिरिजकाे दोस्रो खेल भाेलि (साेमबार) हुनेछ ।

  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार १६:२८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया