स्थानीय तह निर्वाचनमा तालमेल सफल भएको छ : कांग्रेस प्रवक्ता महत
फरकधार / १८ बैशाख, २०७९

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा तालमेल सफल भएको बताएका छन् । आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता महतले कतिपय ठाउँमा स्थानीय अवस्थाअनुसार तालमेलमा असन्तुष्टि देखिए पनि आम रूपमा हेर्दा गठबन्धन सफल भएको बताएका हुन् ।



उनले बागी उम्मेदवार पार्टी निर्णयको पक्षमा आउने विश्वास व्यक्त गरे । 'गठबन्धनले देशलाई ठीक बाटोमा अगाडि बढाइरहेको छ भन्ने महशुस सबैले गरेका छन् र हामीले पनि गरेका छौँ । एकाध स्थानीय तहमा देखिएका असन्तुष्टिलाई बृहत्तर कुराले सबै साथीहरूले ढिलो, चाँडो बुझ्नु हुनेछ । जहाँ बिद्रोही उम्मेदवार केही ठाउँमा हुनुहुन्छ, ती साथीहरूले आधिकारिक पार्टीले, गठबन्धनले तय गरेको उम्मेदवारको पक्षमा आउनु हुनेछ भन्ने हामीलाई विश्वास लागेको छ’ उनले भने ।

प्रवक्ता महतले पछिल्लो रिपोर्टअनुसार नेपाली कांग्रेसको देशभरमा ३० हजार ६२८ जनाको उम्मेदवारी परेको बताए । जसमध्ये मेयरमा २६५ जना, गाउँपालिका अध्यक्षमा ३७२ जना, उपमेयरमा १९४ जना, गाउँपालिका उपाध्यक्षमा ३४० जना, वडा अध्यक्षमा ६ हजार ४३ जना, महिला सदस्यमा ५ हजार ९३८ जना, दलित महिला सदस्यमा ५ हजार ६९१ जना र अन्य दुई सदस्यको हकमा ११ हजार ९८८ जनाको उम्मेदवारी रहेको उनले जानकारी दिए ।





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार १७:२१:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया