डडेलधुरामा नमुना मतदान सम्पन्न

आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि डडेलधुरामा नमुना मतदान गरिएको छ । 

आइतबार जिल्ला निर्वाचन कार्यालय डडेलधुराले बदर मत कम गर्न जिल्ला सदरमुकाम बसपार्कमा आइतबार नमुना मतदान गरिएको हो ।

बसपार्कमा केही युवालाई जम्मा गरेर नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय डडेलधुराले जनाएको छ । 

स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनु पर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए । 

‘हामी के कति निर्वाचनको बारेमा जानकार छौँ । निर्वाचनका प्रक्रिया केके रहन्छन्? के कसरी मतदान गर्नुपर्छ र के कसरी सहभागिता रहन्छ ? भन्ने जानकारीका दिनका लागि नमुना मतदान गरेका हौँ,’ उनले भने, ‘यसबाट सहभागीले केही न केही सिक्नुभएको छ भन्ने अपेक्षा गरेका छौँ ।’

उनले मतदाता शिक्षा निर्वाचनको एक दिनअघि मात्र दिइने समेत बताए । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको जिल्लामा चुनावको तयारी तीव्र पारिएको छ ।



कूल ९० हजार १ सय १९ मतदाता रहेको डडेलधुरामा ४४ हजार ६ सय ६४ पुरुष र ४५ हजार ४ सय ५५ जना महिला छन् । 

मतदाताको संख्याअनुसार मतदान केन्द्र र मतदानस्थल पनि निर्धारण गरिएको छ। जिल्लामा ८० मतदान स्थल र १ सय २६ वटा मतदान केन्द्र तोकिएको छ ।



  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार १७:५०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया