चकलेट किनिदिने आस देखाएर बालिकालाई करणी

बझाङमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छबिसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता गरिएको छ । वैशाख १७ गते कार्यालयमा उजुरी दर्ता गरिएको हो । 

पीडित बालिकालाई आरोपितले मामाघरमा विवाह हेर्न गएका बेला विवाह भएको स्थानबाट ५ सय मिटर टाढा रहेको स्थानमा लगेर ०७९ वैशाख १६ गते बलात्कार गरेको पीडितपक्षका तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख गरिएको छ ।

बुवासँग विवाह हेर्न मामाघर गएकी बालिकालाई चकलेट किनिदिने भनेर आरोपितले लगेपछि साँझ बालिका घर फर्केको र बिहान हेर्दा पीडित बालिकाको लुगामा रगत लतपतिएको देखेपछि के भएको भनेर सोध्दा बालिकाले सबै कुरा बताएको पीडितका बुवाले बताए । 

बालिकाको वैशाख १७ गते जिल्ला अस्पताल सिमखेतमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

मामाघरमा विवाह हेर्न गएकी बालिकासहित उनका अभिभावकले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा पुगी उजुरी दर्ता गरी कारबाहीको माग गरेका छन् । 

आरोपित सोही दिनबाट फरार रहेको र पीडितको उजुरीका आधारमा आरोपितको खोजी कार्य समेत भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार १८:४२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया