बालेन शाहविरुद्ध खनिए स्थापित : अन्तर्राष्ट्रिय ठगको संज्ञा

काठमाडौं महानगरमा एमालेबाट मेयर उम्मेदवार रहेका केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन शाहविरुद्ध खनिएका छन् । 

बालेन मधेसको मान्छे भएको, तर काठमाडौंको भनेर उनले  झुक्क्याइरहेको भन्दै स्थापितले बालेनलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका छन् । 

आइतबार काठमाडौमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै स्थापितले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ । त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ ।’ 

आफूसँग परिचय गर्दा पनि बालेनले काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको, तर टिकटक हेरेर उनी मधेसतिरको साह भएको पत्ता लागेको स्थापितको भनाइ छ । उनले भने, ‘सुरुमै ठग कुरा गर्ने दर्तावाल ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ?’

प्रायः चस्मामै देखिने गरेका बालेनले जनतासँग आँखा जुधाउन नसकेर सधैँ चस्मा लगाउने गरेको स्थापितले जिकिर गरे ।





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार १८:४९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया