आइपिएल: दिल्लीलाई हराउँदै लखनउ दोस्रो स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्स विजयी भएकाे छ ।

लखनउले दिल्ली क्यापिट्ल्सलाई ६ रनले पराजित गरेकाे हाे । याे जितसँगै ऊ अंक तालिकाकाे दोस्रो स्थानमा उक्लिएकाे छ ।

१९६ रन लक्ष्य पछ्याएकाे दिल्लीले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १८९  रन मात्र बनाउन सक्याे ।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रनकाे याेगदान दिए । ३० बलकाे सामना गरेका उनले सात चाैका र एक छक्का प्रहार गरे ।

अक्षर पटेल ४२ रनमा अविजित रहँदा मिचेल मार्शले ३७ र राेभमन पावेलले ३५ रन बनाए ।

लखनउका लागि माेहसिन खानले चार तथा दुस्मन्था चमिरा, रवि बिश्नाई र कृष्णपा गाैतमले एक/एक विकेट लिए ।



यसअघि मुम्बईस्थित वान्खडे मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे लखनउले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १९५ रन बनाएकाे थियाे ।

लखनउका लागि कप्तान केएल राहुल र दीपक हाेडाले अर्धशतकीय पारी खेले । ५१ बलकाे सामना गरेका राहुलले चार चाैका र पाँच छक्कासहित ७७ रन बनाए ।



दीपकले ३४ बलमा छ चाैका र एक छक्कासहित ५२ रन जाेडे । क्विनटन डि ककले २३ रन बनाए ।

दिल्लीका लागि तीनै विकेट शार्दुल ठाकुरले लिए ।

जितसँगै लखनउले १० खेलमा १४ अंक जाेड्दा पराजित दिल्ली नाै खेलमा आठ अंकका साथ छैटौं स्थानमा छ ।

  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार २०:१८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया