प्रिमियर लिगमा वेस्ट ह्याममाथि आर्सनलको रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा आर्सनलले जित निकालेको छ । लण्डन स्टेडियममा भएको खेलमा उसले घरेलु टोली वेस्ट ह्याममाथि २–१ को रोमाञ्चक जित निकालेको हो ।

खेलको ३८ औं मिनेटमा रोब होल्डिङले आर्सनललाई सुरुवाती अग्रता दिलाए । ४५ औं मिनेटमा जारोड बोवेनले  वेस्ट ह्यामलाई १–१ को बराबरीमा ल्याए ।

५४ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २–१ को रोमाञ्चक जित दिलाए । यो जितसँगै ३४ खेलमा ६३ अंक जोडेको आर्सनल चौथो स्थानमा उक्लिएको छ ।

पराजित वेस्ट ह्याम ३५ खेलबाट ५२ अंकका साथ सातौं स्थानमा  छ । 





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार ६:४६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया