काठमाडौंमा चार वडा सदस्य निर्विरोध निर्वाचित

काठमाडौं महानगरमा चारजना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत ११ र १२ वैशाखमा भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी चारवटा वडाबाट दलित महिला सदस्य पदमा एक/एक जनाको मात्र उम्मेदवारी परेकोले उनीहरू निर्विरोध भएका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । 

निर्वाचित हुनेमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार रहेका छन् । वडा १८, २२ र २७ मा नेकपा एमालेबाट र वडा २३ वाट नेपाली कांग्रेसबाट मात्र उम्मेदवारी परेको थियो । 
 





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार ६:५६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया