टी–२० सिरिजअन्तर्गत नेपाल र जिम्बावे ‘ए’ ले दोस्रो खेल आज खेल्दैछन् । नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने तालिका छ । यद्यपि आज मौसम सफा नभएकाले खेल निर्धारित समयमै हुने सम्भावना कम छ ।
बिहानैदेखि काठमाडौंमा पानी परिरहेको छ । सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आइतबार ६ विकेटले पराजित भएको थियो । सिरिजमा जीवित रहन नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।
जिम्बाब्वे आज पनि जित हात पार्दै एक खेल अगावै सिरिजमा कब्जा गर्न चाहन्छ ।आइसिसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अर्को महिना अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग खेलिरहेको हो ।
सिरिजअन्तर्गत नेपालले पाहुना टोली जिम्बाब्वे ‘ए’सँग तेस्रो खेल बुधबार खेल्नेछ । टी–२० सिरिजपछि दुवै टोलीले तीन खेलकै एकदिवसीय सिरिज पनि खेल्ने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।