श्रीलंकाका पूर्वराष्ट्रपतिको माग : नयाँ निर्वाचन गराैँ

श्रीलंकाका पूर्वराष्ट्रपति तथा श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) का अध्यक्ष मैत्रीपाला सिरिसेनाले नयाँ निर्वाचनको माग गरेका छन् । पोलोनारुवामा आइतबार आफ्नो पार्टीले आयोजना गरेको मे दिवसको र्‍यालीलाई सम्बोधन गर्दै सिरिसेनाले देशमा नयाँ निर्वाचनको माग गरेका हुन् । 

देशले ठूलो विपत्तिको सामना गरिरहेको बेला राजनीतिज्ञहरूले जनताको पक्ष लिनुपर्ने बताउँदै उनले सोही उद्देश्यका लागि अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सडकमा उत्रिएको बताए । 

सरकारको विरोधमा देशका धनीदेखि निर्दोष पीडामा परेका किसान र सरकारी कर्मचारी सडकमा उत्रिएको उनले स्मरण गरे । देशमा हजारौं समस्याले जनता मर्कामा परेका बेला आफू घरमा बस्न नसकेको उनको भनाइ छ । 
 





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार ७:४६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया