फ्रेन्च लिग वानअन्तर्गत गएरातिको खेलमा लियोन विजयी भएको छ । ऊ घरेलु टोली मार्सेलीमाथि ३–० ले विजयी भएको हो ।
स्टेड भेलोड्रोममा लियोनलाई सहज जित दिलाउन कास्टेलो लुकेबा, मोसा डेम्बेले र कार्ल टोको एकाम्बीले एक/एक गोल गरे । खेलको ५५ औं मिनेटमा लुकेबाको गोलमार्फत लियोनले अग्रता लिएको थियो ।
७६ औं मिनेटमा डेम्बेलेले पाहुना टोलीकोल अग्रता दोब्बर बनाए । ८८ औं मिनेटमा एकाम्बीले गोल गरेपछि लियोनले ३–० सहज जित निकाल्यो ।
यो जितसँगै ३५ खेलमा ५५ अंक जोडेर ऊ सातौं स्थानमा उक्लिएको छ । पराजित मार्सेली समान खेलबाट ६५ अंकका साथ दोस्रो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।