भारतमा आँधीमा फस्यो स्पाइसजेटको विमान, ४० यात्रु घाइते

मुम्बईबाट पश्चिम बंगालको दुर्गापुरतर्फ जाँदै गरेको स्पाइसजेट बोइङ बी ७३७ विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । घटनापछि विमानमा सवार करिब ४० यात्रु घाइते भएका छन् ।

ठूलो आँधीबीच पाइलटले विमानलाई सुरक्षित अवतरण गराएका थिए । विमान अवतरणलगत्तै घाइतेलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो । उनीहरूले उपचार भइरहेको छ ।

आइतबार दिउँसो विमान दुर्गापुरस्थित काजी नजरूल इस्लाम एयरपोर्टमा ल्याण्ड गर्न लागेको बेला आएको जहाज तुफानमा फसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि जहाज जोडसँग हल्लिएको थियो । क्याबिनमा राखेका समानहरू झर्न थालेका थिए ।  

पाइलटले सिट बेल्टको साइन अन गरेका थिए । यो सँगै फुड ट्रलीसँग ठोक्किएर दुई यात्रु गम्भीर घाइते भएका हिन्दुस्तान टाइम्सले जनाएको छ ।  





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार ९:३१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया