नवनियुक्त नेपाल प्रहरी र सशस्त्रका आइजिपीले लगाए दर्ज्यानी चिन्ह

नेपाल प्रहरीका आइजिपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । उनीहरूलाई आज गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले फुली लगाएका हुन् । 

मन्त्रिपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

सिंह ११ चैत २०४९ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । अर्याल २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए ।

आइजिपीको रूपमा अर्यालको कार्यकाल चार वर्षको हुनेछ । 





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार ९:३८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया