एनभिए क्लब भलिबल लिगमा आर्मीको विजयी सुरुवात

विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा महिलातर्फ विजयी सुरुवात गरेको छ ।

आर्मीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार  एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको हो ।

आर्मीले खेल २५–१९, २५–७ र २५–१८ ले आफ्नो पक्षमा पार्‍यो । जितसँगै आर्मीले तीन अंक जोड्दा एभरेस्टले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषतर्फ सात टोलीको सहभागिता छ ।





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार १०:१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया