तोलामा ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९८ हजार २ सय कायम भएको छ ।

आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजाबी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । 

आइतबार १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार २ सय ९० रुपैयाँमा निर्धारण भएको छ । 





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार ११:११:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया