कास्कीमा कार र मोटरसाइकाल ठोक्किँदा बाबुछोरीको मृत्यु

कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो ।

सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । कारको ठक्करबाट बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबीच अहिले परिवार र आफन्तले वार्ता गरिरहेका छन् । उनीहरूले कारका फरार चालकलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

पोखराबाट जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले पोखरा आउंँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार ११:४९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया