स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा आसन्न स्थानीय तहको चुनाव लडिरहेका केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिप्रति आयोगले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो ।   

मेयरका उम्मेदवार स्थापितले १५ वैशाखमा भएको एक कार्यक्रममा एक प्रश्नकर्तालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

साथै, आयोगले स्थापितको उमेदवारी खारेजीको माग गर्दै विज्ञप्ति जारी गर्ने ४५ वटा गैरसरकारी संस्थालाई पनि निर्वाचन  स्पष्टीकरण सोधेको छ । 





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार १३:५६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया