टि-२० सिरिज अन्तर्गत नेपाल र जिम्बाब्वे ए बीचकाे दोस्रो खेल रद्द भएकाे छ । वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेल रद्द गरिएकाे हाे ।
टस हारेर ब्याटिङ गरिरहेकाे जिम्बाब्वेले ४.३ ओभरमा दुई विकेट गुमाउँदै ४८ रन बनाएकाे थियाे । त्यसपछि वर्षाका कारण खेल राेकिएकाे थियाे ।
बीचमा केही समय वर्षा राेकिएपछि खेललाई १८ ओभरमा झारेर खेलाउने निर्णय भए पनि पुन: पानी परेपछि खेल रद्द गरिएकाे हाे । अम्पायर विनयकुमार झा र राम पाण्डेले खेल रद्द भएकाे जानकारी दिएका छन् ।
खेल राेकिनुअघि कुड्जाइ मउन्जे १३ बलमा पाँच चाैका सहित २३ र राेय केइया एक बलमा एक रन बनाएर खेलिरहेका थिए । नेपालका लागि साेमपाल कामी र करण केसीले एक/ एक विकेट लिएका थिए ।
साेमपालले इनाेसेन्ट केइयालाइ खाता नै खेल्न नपाई कुशल भुर्तेलबाट क्याच गराउँदै नेपाललाई पहिलाे सफलता दिलाएका थिए । करणले टाडिवान्से मरूमनीलाई व्यत्तिगत २१ रनमा दिपेन्द्रसिंह ऐरीबाट क्याच गराए ।
सिरिजकाे पहिलाे खेलमा नेपाल ६ विकेटले पराजित भएकाे थियाे । तेस्रो खेल बुधबार हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।