जनकपुर विमानस्थलमा नेपाली सेना परिचालन

आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुरधाम विमानस्थलमा नेपाली सेना परिचालन गरिएको छ । 

यसअघि विमानस्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएकोमा आइतबारदेखि सुरक्षाको जिम्मा  नेपाली सेनालाई दिइएको हो । 

विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले स्थानीय तहको निर्वाचनमा विमानस्थलमा खटिएका नेपाल प्रहरीका सुरक्षाकर्मीहरुलाई चुनावमा खट्नुपर्ने भएकोले तत्कालका लागि उनीहरुलाई पठाएर नेपाली सेनाको जिम्मा दिइएको बताए । निर्वाचनको सुरक्षामा खटेका सुरक्षाकर्मी नफर्केसम्म नेपाली सेनाले नै विमानस्थलको सुरक्षा गर्ने उनले बताए । 

नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ जना नेपाली सेना विमानस्थलको सुरक्षामा खटेका छन् । 





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार १५:३६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया