चुनावमा ६ करोड खर्च भएको दाबी गरेका कोइरालाले आयोगमा बुझाएका थिए २१ लाखको खर्च विवरण

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले गत निर्वाचनमा आफूले ६ करोड रुपैयाँ खर्च गरेको बताएपछि निर्वाचनमा उम्मेदवारले गर्ने खर्चका बारेमा चर्चा भएको थियो । निर्वाचन महँगो हुँदै गएको बताउँदै उनले ६ करोड खर्च भएको कोइरालाले बताएसँगै निर्वाचन आयोगले उनीसँग स्पष्टीकरण मागेको थियो । 

६ करोड खर्च भएको दाबी गरेका कोइरालाले निर्वाचन आयोगमा बुझाएको विवरणमा भने करिब २२ लाख मात्र खर्च गरेको उल्लेख छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित कोइरालाले यसअघिको निर्वाचनमा पेस गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेस गरेको आयोगले जनाएको छ । तर, उनले उक्त निर्वाचनमा आफूले ६ करोड रुपैयाँ खर्च गरेको भनी दिएको अभिव्यक्तिमा माथि आयोगले चित्तबुझ्दो जवाफ माग गरेको थियो ।

आयोगले भनेको छ, ‘कोइरालाले  दिएको अभिव्यक्ति आचारसंहिताको मूलआधार माथि नै अनास्था पैदा हुने देखिएकोले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउँदै र उक्त जानकारी सम्बन्धित व्यक्तिलाई दिई सम्बद्ध राजनीतिक दललाई जानकारी दिने निर्णय आयोगले गरेको छ ।’

त्यस्तै, आयोगले तोकेको भन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिएका गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको आयोगले जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार १९:१७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया