कैलालीमा गठबन्धनले भन्यो– उम्मेदवारी फिर्ता नभएका ८ जना आधिकारिक उम्मेदवार होइनन्

कैलालीमा गठबन्धन दलहरूले प्राविधिक कारण उम्मेदवारी फिर्ता हुन नसकेका उम्मेदवारहरूलाई आधिकारिक उम्मेदवार नमान्ने घोषणा गरेको छ । 

जिल्लामा चुनावी तालमेल गरेका नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले ०७९ वैशाख ११ गते बसेको बैठकको मर्मलाई आत्मसात् गर्दै समझदारीअनुरूप आफ्ना आठ उम्मेदवार आधिकारिक नरहेको जानकारी गराएको हो ।

सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी  गठबन्धन दलहरूको निर्णय अनुरूप नै आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियता पूर्वक गठबन्धन दलका उम्मेदवारहरूलाई पालिका तहमा सघाउन अपिल गरेको छन् ।  

गठबन्धनले नेकपा एकीकृत समाजवादी चुरे गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार कृष्णकुमार खत्री, नेपाली कांग्रेसले कैलारी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजसमझ चौधरी, जोशीपुर गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार किरण चौधरी र नेकपा माओवादी केन्द्रका चुरे गाउँपालिका अध्यक्ष पदका उम्मेदवार टेकबहादुर रजबार, उपाध्यक्ष पदका उम्मेदवार डिला सिजापतिलाई आधिकारिक उम्मेदवार नरहेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । 

गठबन्धनका तर्फबाट नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र नेकपा समाजवादीका केन्द्रीय सदस्य तथा इन्चार्ज दीर्घ सोडारीले संयुक्त विज्ञप्तिमा निकालेका हुन् ।





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार २०:९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया