मकवानपुरमा लोडर दुर्घटना हुँदा तीनजनाको मृत्यु

मकवानपुरको बकैयामा तराईलाई काठमाण्डौं जोड्ने द्रुतमार्ग निर्माण गर्ने क्रममा लोडर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृतक तीनैजना चिनियाँ नागरिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । 

अरु तीनजना घाइते भएका छन् । द्रुतमार्गमा काम गरिरहेको लोडर एक्कासि सिमात खोलमा खस्दा लोडरमा रहेका ६ जना मध्ये तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अरु ३ जना घाइते भएका छन् ।

काठमाडौं जोड्ने द्रुतमार्गअन्तर्गत मकवानपुरको बकैया–११ घट्टेपाख र लेनडाडाँ नजिक लोडर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते र मृतक उक्त कार्यमा काम गर्ने चिनियाँ नागरिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । घाइतेलाई उद्धार गरी हेटौंडा ल्याइएको जनाइएको छ। मृतक र घाइतेको पहिचान खुलिसकेको छैन।





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार २०:४८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया