कसको विवाहका लागि काठमाडौं आएका हुन् भारतीय कांग्रेसका नेता राहुल ?

सोमबार दिउँसो त्रिभुवन विमानस्थलमा भारतीय कांग्रेसका नेता राहुल गान्धी आएपछि राजनीतिक वृत्तमा यसको चर्चा चल्न थालेको छ । उनी सुटुक्क आज काठमाडौंमा आइपुगेका थिए । 

विमानस्थलबाट राहुल सोझै होटल मेरिएट पुगेका छन् । 

राहुल यसअघि पनि अनौपचारिक भ्रमणमा नेपाल आएका थिए । त्यति बेला उनी नेपाल आउँदा भारतमा समेत यसको व्यापक चर्चा भएको थियो । यसपटक राहुल अनौपचारिक कार्यक्रमका लागि नेपाल आइपुगेका हुन् ।

उनी एक विवाहको कार्यक्रममा सहभागी हुँदैछन् । यो विवाह हो, उनकी साथी तथा पत्रकार सुम्निमा उदासको । सुम्निमा उदासले लामो समय दिल्लीमा बसेर पत्रकारिता गरेकी थिइन् । उनले सिएनएनका लागि पत्रकारिता गरेकी थिइन् । 

म्यानमारका लागि पूर्व नेपाली राजदूत भीम उदास र रन्जना उदासकी छोरी सुम्निमाको मंगलबार निमा मार्टिन शेर्पासँग विवाह हुँदैछ । यही विवाहमा सहभागी हुन राहुल नेपाल आएका हुन् । 

नेपाल बसाइमा उनले केही पर्यटकीय स्थलको भ्रमण गर्न सक्ने बताइएको छ ।





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार २२:४१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया