भारतीय प्रधानमन्त्री मोदी २ जेठमा एक दिने भ्रमणका लागि नेपाल आउने
फरकधार / १९ बैशाख, २०७९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ जेठमा नेपाल भ्रमणमा आउने भएका छन् । सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । 



१६ मेमा बुद्ध जयन्तीको अवसर पारेर मोदी नेपाल आउने तयारीमा रहेको भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा लेखेको छ । 

मोदी नेपाल आउँदा प्रधानमन्त्री शेरबहादुर देउवा र उनको भेट लुम्बिनीमा हुने द हिन्दूको दाबी छ । स्रोतको हवाला दिँदै द हिन्दूले मोदी लुम्बिनीमा आए पनि काठमाडौंमा नआउने उल्लेख गरेको छ । यो मोदीको केही घन्टाको मात्र नेपाल भ्रमण हुने द हिन्दूले स्रोतलाई उद्धृत गर्दै दाबी गरेको छ ।



प्रधानमन्त्री देउवा एक महिनाअघि मात्र भारत भ्रमणमा गएका थिए । त्यसैले यो भ्रमणमा धेरैै द्विपक्षीय कुराकानी नहुने पनि द हिन्दूले जनाएको छ ।



भारतीय प्रधानमन्त्री मोदी कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टपछि तेस्रो अन्तर्राष्ट्रिय भ्रमणका रुपमा नेपाल आउन लागेका हुन् । उनी अहिले युरोपको भ्रमणमा छन् । २३ मे र २४ मेमा उनी जापानको भ्रमणमा जाँदैछन् ।

अहिले नेपालका लागि भारतीय राजदूत नभएकाले नेपालको परराष्ट्र मन्त्रालयले यो विषयमा कुनै औपचारिक जानकारी दिइसकेको छैन । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा विदेश सचिवमा सरुवा भएपछि राजदूत खाली भएको हो । द हिन्दूले भारतका विदेश मन्त्रालयका उच्च अधिकारीलाई नेपालका लागि राजदूत तोक्ने भारतीय सरकारको तयारी रहेको पनि जनाएको छ ।

  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार २३:१७:१०,   अन्तिम अपडेट : बैशाख १९, २०७९ साेमबार २३:२०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया