प्रिमियर लिगमा ब्रेन्टफोर्डमाथि युनाइटेडको शानदार जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ । घरेलु टोली युनाइटेडले ब्रेन्टफोर्डिविरुद्ध ३–० को जित हात पारेको हो । 

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, क्रिस्टियानो रोनाल्डो र राफेल भेरानेले एक/एक गोल गरे ।

खेलको नवौं मिनेटमा फर्नान्डेसको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । ६१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ७२ औं मिनेटमा भेरानेले गोल गरेपछि  युनाइटेडले ३–० को सहज जित निकाल्यो ।

यो जितसँगै ३६ खेलमा ५८ अंक जोडेको युनाइटेड छैटौं स्थानमा रहँदा पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंकका साथ १४ औं स्थानमा छ । 





  • प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार ६:५५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया