एनभिए क्लब भलिबल लिग : त्रिभुवन आर्मीको लगातार तेस्रो जित
फाइल तस्वीर

त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ ।

आर्मीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार गल्कोट स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै लगातार तेस्रो जित निकालेको हो ।

आर्मीले २५–१२, २५–११ र २५–२२ ले खेल आफ्नो पक्षमा पारेको हो । यो जितसँगै ३ खेलमा ९ अंक जोडेको आर्मी शीर्ष स्थानमा छ । गल्कोटको यो लगातार तेस्रो हार हो ।

आजै नै सम्पन्न महिलातर्फको विभागीय डर्बीमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को सेटमा जित निकाल्यो ।

एपिएफले खेल २७–२५,१३–२५,२५–२१ र २५–२३ ले आफ्नो पक्षमा पार्दै पहिलो जित निकाल्यो ।

त्यस्तै, दिनको पहिलो खेलमा साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लबले पराजय बेहोरेको थियो । ऊ एभरेस्ट भलिबल क्लबसँग ३–२ को सेटमा पराजित भएको हो ।  



पहिलो सेट २६–२४ ले गुमाएको न्यू डायमन्डले दोस्रो र तेस्रो सेट १३–२५, २०–२५ को जित निकालेको थियो । चौथो सेट २१–२५ ले एभरेस्टले आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटसम्म लम्बियो । 

खेलको निर्णायक पाँचौ सेट पनि एभरेस्टले १५–१३ ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्‍यो । 
 



  • प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार १६:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया