म महिलामैत्री हो, महिलासँग काम गर्न सहज हुन्छ : केशव स्थापित [भिडियो]

नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले आफूलाई महिलासँग काम गर्न सहज लाग्‍ने बताएका छन् ।

उनले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले महिलालाई आदर सम्मान गर्ने गरेको र महिलासँग काम गर्न पनि सहज हुने बताएका हुन् ।

'म हिंसाको विरोधी, महिलाको सम्मान गर्न । महिलाहरूलाई आदर गर्ने र महिलाहरूसँग काम गर्दा सहज हुन्छ भन्ने लाग्छ मेरो निजी अनुभव,' उनले भने ।

उनले आफू महिलामैत्री भएकाका कारण महिलासँगका तस्वीर धेरै हुनसक्ने उल्लेख गर्दै आफूलाई यही कारणले आरोपित हुनुपर्ने जरुरत नभएको बताए ।

'महिलाहरू म बेसी कोमल हुने भएका कारणले पनि महिलामत्री हो । मैले खेलकुदमा महिलाहरूको एउटा डिभिजन खोल्ने भनेको ५१ सालमा हो । त्यसैले मेरा फोटाहरू धेरै महिलाहरूसँग देखा पर्नसक्छ । यही कारणले म आरोपित हुनु जरुरी छैन' उनले भने ।

भिडियो





  • प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार १७:१९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया