प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सबै बुँदाहरूको पूर्ण पालना गर्न सञ्चार माध्यमहरूलाई पुनः आग्रह गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृष्यचाहिँ त्यस विपरीत आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि सञ्चार माध्यमहरूमा गम्भीर ध्यानाकर्षण गराए ।
सामुदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उनले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने पनि स्मरण गराए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले दृश्यहरू निर्वाचन आचारसंहिता विपरीतका भए त्यसले आम मतदाताहरूमा नकारात्मक असर पर्नेतर्फ पनि सञ्चार माध्यमहरूले सचेत गराए ।
‘आचारसंहिता विपरित हुने दृश्यहरू नदेखाई हामीले दृष्य त खिचेका थियौं, समाचार मात्रै भन्यौं । किनभने निर्वाचन आचारसंहिता विपरितका दृश्यहरू हामीलाई देखाउन मन लागेन भन्दे पनि भयो । जे भन्दा पनि भयो । जे भन्दा राम्रो हुन्छ, त्यहीभन्दा भयो । तर यसो भनिरहँदा आचारसंहिताको समाचार आइरहने अर्काेतिर आचारसंहिता विपरीतका दृश्यहरू देखियो भने मान्छेहरूमा आचारसंहिता विपरीत जाँदा टेलिभिजनमा आइदोरहेछ भन्ने फिलिङ भयो भने त्यो खतरा भयो' उनले भने ।
उनले निर्वाचन आयोगले सबैले मान्छु भन्ने प्रतिवद्धतासहित जारी गरिएको निर्वाचन आचारसंहिताको कार्यान्वयन हुँदैन कि भनेर आशंका गर्ने ठाउँ नै नरहेको तर्कसमेत गरे ।
कार्यक्रममा सार्वजनिक गरिएको सामुदायिक रेडियो प्रसारक संघको निर्वाचन आचारसंहितामा मतदाता र मतदान प्रक्रियालाई नकारात्मक रुपमा प्रभावित पार्ने मनसायले कुनै पनि विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत नगर्न सचेत गराइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।